२०८१ मंसिर ७, शुक्रवार , ११:१२:५६ बजे

Sajhamanch
'

खुद्रा साकोसको अध्यक्षमा बजगाईँ निर्वाचित

शनिवार, पौष ९, २०७९

शिवसताक्षी । शिवसताक्षीको दूधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारीको अध्यक्षमा नारायण प्रसाद बजगाईँ पुन निर्वाचित भएका छन् । आज सम्पन्न निर्वाचनबाट बजगाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

बजगाईँ ४८४ ले मत प्राप्त गरेका छन् भने, अर्का अध्यक्ष पदका उम्मेद्वार छविलाल पाठकले मत २२० प्राप्त गरेका छन् ।

सदस्यहरुमा अग्नीप्रसाद दुलाल ५६९ मत, सन्तोष भण्डारी ४९९ मत, गंगा तिम्सिना ४१४, कृष्णकुमार सुवेदी ५०२ मत, अनु अधिकारी ४३४ मत बाबुराम भट्टराई ३९२ मत प्राप्त गरी विजयी भएका छन् । सोही पदका दुई उम्मेद्वार पदमप्रसाद दाहालले ३४८ र अर्जुन पौडेलले २९० मत प्राप्त गरेका थिए ।

त्यसैगरी लेखा समिति संयोजकमा ४०० मत प्राप्त गरी धनबहादुर कटुवाल निर्वाचित भएका छन् ।
साही पदका अर्का उम्मेद्वार भिमबहादुर कार्कीले २३९ मत प्राप्त गरेका छन् ।

निर्वाचनमा ९६४ मतादाता रहेका थिए भने, ७१९ मत खेसको थियो ।

अन्य पदाधिकारीहरु सर्वसम्मत भएको खुद्रा सहकारीले जनाएको छ ।

सम्बन्धित खबर