२०८१ असोज ३, बिहिवार , ०१:४४:२६ बजे

Sajhamanch
'

हल्दिबारी नमूना माविको स्वर्ण महोत्सव सुरु, दाताहरु सम्मानित, शालिक अनावरण

शुक्रवार, पौष १, २०७९

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नं. २ स्थित हल्दिबारी नमूना माध्यमिक विद्यालयमा आज स्वर्ण महोत्सव समुद्घाटन गरिएको छ । पुस १ गते विद्यालय स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको साताव्यापी महोत्सवको प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले समुद्घाटन गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार राईको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले शिक्षाको विकास नै समाज विकासको मूल आधार भएको बताउँदै शैक्षिक प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताए । महोत्सव उद्घाटनको अवसरमा मन्त्री राईले विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ र जग्गादाता माझीलाल राजवंशीको शालिक अनावरण गरेका थिए ।

सहायक प्रधानाध्यापक तुलसीप्रसाद कोइरालाले सञ्चालन र प्रधानाध्यापक टंकबहादुर पाख्रिनले स्वागतसहित विद्यालयको सम्पूर्ण गतिविधिका बारे प्रकाश पारेका थिए । सो समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्र कार्की र जग्गादाताकी धर्मपत्नी सरला राजवंशीलाई अभिनन्दनका साथै ५० हजार रुपैयाँभन्दा बढी रकम प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।

गायिक मेलिना राईको सांगीतिक प्रस्तुति रहेको महोत्सव उद्घाटन समारोहमा विभिन्न जातीय झाँकीहरुका साथै विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति गरेका थिए भने विद्यार्थीहरुले तयार पारेका विज्ञान सामग्रीको प्रदर्शनी पनि गरिएको थियो ।

सम्बन्धित खबर