२०८१ असोज ४, शुक्रवार , ०७:४३:५० बजे

Sajhamanch
'

एनएमसी चिया व्यवसायको शिलबन्दी कोटेसन आह्वान

बिहिवार, मंसिर २९, २०७९

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथम पटक प्रकाशित मितिः २०७९।८।२७

संस्था अन्तर्गतको सूर्याेदय– १, साघुँबेँसी, इलामस्थित चिया उद्योगमा विविध संरचना निर्माणका लागि आवश्यक पर्ने सामग्रीसहित संरचना निर्माण गर्न आवश्यक भएको हुँदा तपसिलका बुँदाका आधारमा रही इच्छुक फर्म वा निर्माण कम्पनीबाट कोटेसन आह्वान गरिन्छ ।

तपसिलः

१. गोदाम घर निर्माणः ७८×१८ फिटको आरसीसी (ब्लक), फलामको ट्रससहित २६ एमएमको टिनको छाना, भुईंमा टायल्स लगाउने र नक्सा बमोजिम पार्टिसन गरी झयाल, ढोका जडान गर्नुपर्ने ।

२. प्रशासनिक भवनः ५१×१६.३ फिटको भुईं तलाको चौतर्फी फिनिसिङ, कोठा पार्टिसन, एल्मुनियम झयाल, काठको ढोका जडान, भवनमा नक्सा बमोजिम फलामको रेलिङ र माथिल्लो तलामा जाने फलामको भर्याङ राख्नुपर्ने । साथै भवनको पश्चिमतर्फ रहेको बाहिरी भाग फिनिसिङ तथा भवनको अग्रभागमा नाप बमोजिमको पर्दा निर्माण गर्नुपर्ने ।

३. शौचालय र सेफ्टी टेङ्क निर्माणः उद्योग परिसरमा नक्सामा भए बमोजिमको १७×१३ फिटको शौचालय (१० × ८) फिटको सेफ्टी टेङ्क निर्माण गर्नुपर्ने ।
४. कम्पाउण्ड वाल निर्माण, फेन्सिङ तार जाली र मुलगेट निर्माणः उद्योग परिसरमामा रहेको कम्पाउण्डको पर्खालमा जाली लगाई, फलामको मुलढोका र गेट निर्माण गर्नुपर्नेछ ।

५. उल्लेखित तोकिएको संरचना निर्माण गर्न इच्छुक निर्माण कम्पनीहरुले एकमुष्ट सामग्रीको रकमसहित कोटेसन पेस गर्नुपर्नेछ ।

६. निर्माण कार्यसँग सम्बन्धित नक्साको प्रतिलिपी र विस्तृत विवरण एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरबाट प्राप्त गर्न सकिने छ ।

७. कोटेसनका साथमा फर्म वा कम्पनीको आवश्यक कागजात पेस गर्नुपर्नेछ ।

८. कोटेसन पेस गर्ने अन्तिम मिति २०७९ पुस ७ गते बिहीबार कार्यालय समयसम्म तोकिएको छ ।

९. कोटेसन पेस गर्दा मूल्य अभिवृद्धि कर VAT सहितको दरभाउ पेस गर्नुपर्नेछ ।

१०. कोटेसन पेस गर्दा प्रस्तावित संरचना निर्माणमा प्रयोग हुने निर्माण सामग्रीको गुणस्तर, परिमाण, मूल्य खुल्ने फरक फरक विवरण खुल्ने एकमुष्ठ पेश गर्नुपर्ने छ । सोको ढाँचा कार्यालयबाट प्राप्त गर्न सकिने छ ।

११. कोटेसन संस्थाको एनएमसी चिया उद्योग, मेचीनगर–५, सुरेन्द्रनगरमा पेस गर्नु पर्नेछ ।

१२. निर्माण कम्पनी यदि संस्थामा सूचीकृत नभएको हकमा सूचीकृत भई कोटेसन पेस गर्नु पर्नेछ ।

१३. सूचीकृत हुनका लागि कर्पाेरेट प्रशासन विभागमा सम्पर्क गर्न सकिनेछ ।

१४. कोटेसन स्वीकृत गर्ने अन्तिम अधिकार संस्थामा निहित रहनेछ ।

थप जानकारीका लागि मोवाइल नम्बर ९८५२६८९५१३

एनएमसी चिया व्यवसायगत उपसमिति

सम्बन्धित खबर