२०८१ असोज ३, बिहिवार , ०५:४८:१३ बजे

Sajhamanch
'

कर्णाली साकोसः एकाइगत साधारणसभा दमकबाट सुरु

बुधवार, मंसिर २१, २०७९

दमक । कर्णाली बचत तथा ऋण सहकारी संस्था झापाले आज एकाईस्तरको पहिलो साधारणसभा दमकमा सम्पन्न गरेको छ ।

सहकारी विभागले गत भदौमा निर्धारण गरी लागू गरेको मापदण्ड अनुसार कर्णाली साकोसले आजबाट विभिन्न ७ स्थानमा एकाईस्तरको साधारणसभा सुरु गरेको हो ।

संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा आयोजित एकाई साधारणसभाको उद्घाटन संस्थाका दुईजना ज्येष्ठ सदस्यहरुको हातबाट दिप प्रज्वलन मार्फत गरिएको हो । एकाई साधारणसभामा संस्थाका अध्यक्ष प्रधानले वार्षिक प्रतिवेतन प्रस्तुत गरेका थिए ।

अध्यक्ष प्रधानले प्रस्तुत गरेको प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्ममा संस्थाको शेयर ४३ करोड ७४ लाख ४ हजार १०० रुपैयाँ, बचत मौज्दात १ अर्व ८७ करोड २६ लाख ८३ हजार ९३० रुपैयाँ, लगानीमा रहेको ३ अर्व ४६ करोड ७९ लाख ४० हजार १२३ रुपैयाँ र जगेडा कोषमा १० करोड ७८ लाख ८८ हजार ४०२ रुपैयाँ रहेको उल्लेख छ ।

त्यस्तै संस्थाको स्थिर सम्पत्ति १२ करोड ७५ लाख १३ हजार ११३ रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षमा संस्थाले १० करोड ७ लाख ४८ हजार ४२० रुपैयाँ नाफा गर्न सफल भएको छ । ५० हजार ६८४ जना शेयर सदस्य र ३४ वटा संस्थाहरु आवद्ध रहेको कर्णाली साकोसले ३ अर्ब ४६ करोड ७९ लाख ४० हजार रुपैयाँ सदस्यमाझ कर्जा लगानी गरेको जनाइएको छ ।

संस्थाले वर्गीकरण गरेको एकाई अनसार आज दमकको साधारणसभामा ७ हजार १६ जना सेयर सदस्यहरु वा सोको ५१ प्रतिशत सदस्यहरुको सहभागिता रहनुपर्छ । सो एकाईगत साधारणसभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सदस्य निलम प्रधानले वाचन गरेकी थिइन् ।

यसैगरी संस्थाको चालू वर्षका लागि निर्धारण गरिएको वार्षिक नीति तथा कार्यक्रम एवम् बजेट कोषाध्यक्ष एकराज विष्टले प्रस्तुत गरेका थिए । संस्थाले चालू वर्षका लागि २४ वटा कार्यक्रम बनाएको छ भने शेयर रकम ५९ करोड १८ लाख ५० हजार पुर्याउने लक्ष्य राखेको छ । यस्तै जगेडा कोषमा १० करोड ७६ लाख, कर्जा जोखिम ब्यवस्था कोषमा ६ करोड ३७ लाख ५० हजार, अन्य कोष तथा दायित्व २१ करोड ६९ लाख ८७ हजार र निक्षेप २ अर्ब ६७ करोड २५ लाख ३७ हजार पुर्याउने लक्ष्य प्रस्तुत गरे ।


दमक सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक शेरबहादुर भट्टराईले शब्दद्वारा आमन्त्रितहरुलाई स्वागत गरेको सो एकाई साधारणसभाको सञ्चालन सचिव भूपाल बस्नेतले गरेका थिए । सो कार्यक्रमबाट पुष २४ गतेका लागि निर्धारित अन्तिम माइन्युट प्रमाणित साधारण सभामा प्रतिनिधित्व गर्ने तीनजना सेयर सदस्यहरुको चयन गरिएको आइटी विभाग प्रमुख विपुल गौतमले जनाएका छन् ।

सम्बन्धित खबर