सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

June 24, 2022 4:19 pm

झापा । झापाको कमल गाउँपालिका–६ स्थितमा सिटी रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो ११ बजे मे।१ ह ६३१० नम्बरको सिटी रिक्सा अनियन्त्रित भई पल्टदा सिटीमा सवार रहेका उर्लाबारी नगरपालिका–८ मोरङका ३२ बर्षीय डिल्लीराम घोर्साने घाईते भएका थिए । घाईते घोर्सानेको थप उपचारको लागी बिराटनगर स्थित नोवेल अस्पताल ल्याईएकोमा अस्पतालमा उपचार हुन नसकि घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा संलग्न सिटी र चालक दमक नगरपालिका १० झापाका लिलाबहादुर भुजेललाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

          June 24, 2022 4:19 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित