मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

May 20, 2022 12:06 pm

मोरङ । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन्। राईले १६ हजार ४२२ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याए। उपमेयरमा भने कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन्।

बेलबारीमा कांग्रेसले १,४,६,९,१० र ११ नम्बर वडा जितेको छ भने एमालेले २, ३, ५ र ७ नम्बर वडा जितेको छ। स्वतन्त्रले ८ नम्बर वडा जितेको छ। गत चुनावमा मेयर र उपमेयरसहित बहुमत एमालेले जितेको थियो।

          May 20, 2022 12:06 pm | मुख्य समाचार,राजनीति,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: