ऊँ नमः शिवाय साकोसको नेतृत्व सर्वसम्मत, गत आवमा १७ लाख नाफा

January 11, 2022 7:39 am

बिर्तामोड । यहाँस्थित ऊँ नमः शिवाय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भरतलाल गिरी निर्विरोध निर्वाचित भएका छन् ।

झापाको बुट्टाबारीस्थित दशनामी समाजको भवनमा सोमबार भएको नवौं वार्षिक साधारणसभाबाट अध्यक्षमा गिरीलाई सर्वसम्मत निर्वाचित गरिएको हो ।

संस्थाको सञ्चालक समितिको उपाध्यक्षमा खिलबहादुर गिरी, सचिवमा शंकर गिरी, कोषाध्यक्षमा खड्ग गिरी निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यमा पार्वता गिरी, जानुका गिरी, एलबहादुर गिरी, नरबहादुर बन, भुपेन्द्रकुमार गिरी, शिवलाल गिरी, जीवनाथ गिरी सर्वसम्मत् निर्वाचित भएका छन् ।

लेखा सुपिरिवेक्षण समितिको संयोजकमा गणेश गिरी र सदस्यमा घनश्याम गिरी सर्वसम्मत चयन भएका छन् भने एक सदस्य पछि थप गर्ने जनाइएको छ ।

संयोजक गोपाल गिरी, सदस्य एकराज गिरी र उद्धव पुरी रहेको निर्वाचन समितिले निर्वाचन कार्यक्रम सम्बन्धी प्रक्रिया पूरा गरेको हो ।

संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार केदारप्रसाद गिरीको प्रमुख आतिथ्य रहेको थियो ।

आर्थिक बर्ष २०७७÷०७८ असार मसान्तसम्म एक हजार ६४९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी एक करोड ८९ लाख ६९ हजार पुगेको अध्यक्ष गिरीद्वारा साधारणसभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाको निक्षेप एक करोड १२ लाख ७८ हजार ७५४ रुपैयाँ ६९ पैसा, कोष हिसाब ४३ लाख ७० हजार १८४ रुपैयाँ ५४ पैसा, कर्जा लगानी २ करोड ३ लाख ५ हजार ३२७ रुपैयाँ २० पैसा रहेको छ । गत आर्थिक वर्षको कूल बारोबारबाट सो सहकारीले १७ लाख ९ हजार ७९१ रुपैयाँ ८० पैसा नाफा गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारणसभा उद्घाटन समारोहमा १६ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा नेपाल दशनामी समाज केन्द्रीय वरिष्ठ उपाध्यक्ष गोविन्दबिक्रम गिरी, केन्द्रीय सदस्य लभकुश गिरी, समाजका प्रदेश १ अध्यक्ष चन्द्रप्रसाद गिरी, संस्थाका सल्लाहकार संयोजक हर्कलाल गिरी, समाजका झापा अध्यक्ष केदार गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सदस्य एलबहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य खड्ग गिरीले गरेका थिए ।

          January 11, 2022 7:39 am | मुख्य समाचार,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: