एमाले महाधिवेशन: ३५ महिलासहित १०६ प्रतिनिधि मनोनित

November 24, 2021 8:20 pm

काठमाडौं । नेकपा एमालेले दशौं महाधिवेशनका लागि १०६ जना प्रतिनिधि मनोनयन भएका छन् । आज ९बुधबार० ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको हो ।

मनोनितमध्ये ३५ जना महिला प्रतिनिधि छन् । एमालेले यी १०६ मध्येमा माओवादीबाट आएकाहरुलाई पनि उच्च प्राथमिकता दिएको छ । माओवादीबाट आउनेहरुमा रमेश पन्त र रोल्पा थवाङकी यमुना रोका मगरसहित रहेको स्रोतले जानकारी दिएको छ ।

यस्तै गठबन्धन सरकारले प्रदेश प्रमुखबाट हटाएका सोमनाथ अधिकारी ‘प्यासी’ र गोविन्द कलौनी पनि एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

एमालेमा निर्वाचित भएर आउने १,९९९ बाहेक पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था छ । त्यही अनुसार स्थायी कमिटीले १०६ जनालाई मनोनित गरेको हो । अब उक्त प्रस्तावलाई चितवनमा बस्ने केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ ।

          November 24, 2021 8:20 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: