चन्द्रगढी सामुदायिक वनको पद हस्तान्तरण

November 24, 2021 7:47 pm

भद्रपुर । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहको नव निर्वाचित समितिलाई बुधबार पद हस्तान्तरण गरिएको छ ।

समुहका अध्यक्ष हिरा प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष परमानन्द मिश्रले नव निर्वाचित अध्यक्ष दुर्गाप्रसाद भट्टराइलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए भने नव निर्वाचित अध्यक्ष भट्टराइले निर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई माल्यार्पण सहित प्रमाण पत्र वितरण गरिएको सो कार्यक्रममा निवर्तमान अध्यक्ष हिराप्रसाद पोखरेलले समुहको माइन्युट नव निर्वाचित अध्यक्ष दुर्गाप्रसाद भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, समुहका सल्लाहकार सम्योजक विष्णु शिवाकोटी, नेकपा एमालेका नगर अध्यक्ष ब्रम्हलाल ढुङ्गाना, नेपाली काँग्रेसका जिल्ला सदस्य राजेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रका नरेश सञ्जेल, नेकपा एकीकृत समाजवादीका सानूकुमार लामा, राप्रपाका बाबुराम पराजुली र समुहका निर्वाचन समितिका संयोजक परमानन्द मिश्रले शुभकामना मन्तव्य राखेको कार्यक्रममा नव निर्वाचित अध्यक्ष दुर्गाप्रसाद भट्टराईले प्रतिवद्धता मन्तव्य राखेका थिए ।

          November 24, 2021 7:47 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: