बोके दाह्रीको ‘टिकापुर कैलाली’ सार्वजानिक (भिडियो सहित)

September 30, 2021 7:46 pm

विराटनगर । ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’ लगायतका दर्जनौँ चर्चित गीतका सर्जक हाँस्यव्यङ्ग्य गायक श्रीकृष्ण लुईंटेल (बोके दाह्री)को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘टिकापुर कैलाली’ बोलको गीत उनले बुधबार सार्वजनिक गरेका हुन् । उनले पछिल्लो समय ‘केराको थम्बा’, ‘साली कमला–२’ र ‘गीत बज्यो ट्याक्सीमा’ बोलका गीतहरु पनि सार्वजनिक गरिसकेका छन् ।

बोके दाह्रीको स्वर र संगीतमा रहेको उक्त गीतमा जोनी योञ्जनले एरेन्ज गरेका हुन् । सुमन तामाङको छायांकन रहेको उक्त गीतको भिडियोमा गायक बोके दाह्रीका साथै दिनेश कोइराला, रूविना गहतराज, कल्पना पाण्डे, संगीता यादव, ज्याक, पर्वत लगायतको अभिनय रहेको छ । भिडियोको सम्पादन हेमन्त तामाङले गरेका हुन् ।

          September 30, 2021 7:46 pm | गीत/संगीत/मनोरञ्जन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित