गायक बीर पङ्धाकको बाचा कसम सार्वजनिक

September 30, 2021 4:36 pm

बुद्धशान्ति । झापा बुद्धशान्ति ६ साविक शान्तिनगरमा जन्मिएका युवा गायक बीर पङ्धाकले बाचा कसम बोलको पुर्बेली भाका सार्बजनिक गरेका छन् ।

उदयिमान गायक पङ्धाकले मेरो अन्लाईन टिभी मार्फत सार्बजनिक गरेका निकै मन छुने पुर्बिली गितमा गायिका श्रेया राईले साथ दिएकी छिन ।

मनिस सङ्गम राईको उत्कृष्ट लय तथा शब्दमा सिर्जना भएको गितमा देविनबाबू राईले सङ्गीत भरेका छन । आदर्श लिम्बुले निर्देशन गरेको उक्त गितमा पुर्बेली गाउँबेसिको भाका र माया पिरतिका कुरा दर्शाउन खोजिएको छ ।

म्युजिक भिडियोमा आन्तरिक पर्यटकहरुको लागि गन्तब्य बन्दै गरेको बुद्धशान्तिकै ठुटेबर, सतिगौडा वरपर कैद गरिएका दृष्यहरु निकैनी मनमोहक देकिएको छ । अन्जित श्रेष्ठले छायांकन र दिलमाया लिम्बुले कोरियोग्राफर गरेको भिडियोमा मोडल प्रेना लिम्बु र गायक पङ्धाक स्वयमले अभिनय गरेका छन ।

सानैदेखी पुर्बेली गितहरुमा रुचि राखेको र गाउने गरेको थिए, यहि क्षेत्रबाट केही गरुम भन्ने लागेको छ , उनले भने । फुलबुट्टे चोली, मरुभूमि, नदि तरि, छुच्चि लगायत दुई दर्जन बढी गित गाईसकेका पङ्धाकले श्रोता तथा गित सङ्गीत प्रेमिबाट पनि राम्रो प्रतिक्रिया आईरहेकाले आगामी दिनहरुमा गायन क्षेत्रमा थप हौसला मिलेको बताए ।

          September 30, 2021 4:36 pm | गीत/संगीत/मनोरञ्जन

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित