इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन शिक्षा समितिको निर्देशन

August 24, 2021 3:51 pm

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकको शुल्क नलिन निर्देशन दिएको हो ।

समिति सभापति जयपुरी घर्तीले कलेज बन्द भएको अवस्थामा कलेजले विदाइ, स्वागत, भ्रमण, खेलकुद जस्ता अतिरिक्त शीर्षकका शुल्क लिनु वैज्ञानिक नभएको भन्दै उक्त शीर्षकको शुल्क नलिन निर्देशन दिइन् ।

शुल्क बढी लिएको भन्दै त्रिवि सम्बन्धन प्राप्त उपत्यकाका १० इन्जिनियरिङ कलेजका विद्यार्थी आन्दोलित छन् ।

          August 24, 2021 3:51 pm | विविधा,शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित