क्यानडाको एडम्टनबासी नेपालीद्वारा राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग

May 30, 2021 1:36 pm

काठमाडौं । क्यानडाको एडम्टनबासी नेपालीहरुले अनुसन्धाता महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

अभियन्ता विकास आचार्यका अनुसार क्यानडाको एडम्टनबासी सरोजबाबू मल्ल, गोकर्ण थापा, सन्तोष थारु, शम्भु मझवाली, कमल पौडेल, सेर श्रेष्ठलगायत ५६ जना नेपालीहरुले चार लाख ४२ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

कोरोनाको दोस्रो भेरियन्ट नेपालमा फैलिएसँगै स्वास्थ संकटमा सहजीकरण गरिरहेको आविस्कार केन्द्रको आर्थिक अवस्था दरिलो बनाउन र देशवासीको जीवनरक्षाको लागि क्यानडाबाट नेपालीहरु मिलेर सानो सहयोग उपलब्ध गराएको अभियन्ता सरोजबाबू मल्लले बताएका छन् ।

एडम्टनमा कार्यरत नेपालीहरुले फेसबुक म्यासेन्जरमा राष्ट्रिय आविष्कार सहयोग ग्रुप बनाएर स्वतस्फूर्त सहयोग संकलन गरेर छोटो अवधिमा आर्थिक सहयोग गर्न सकेकोमा अभियानमा योगदान गर्ने सबैलाई अनुसन्धाता महावीर पुनले आभार व्यक्त गरेका छन् ।

          May 30, 2021 1:36 pm | परदेश (प्रवास),मुख्य समाचार,राष्ट्रिय समाचार,समाज

प्रतिकृयाहरू :

समाचारहरु: