
प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट एमाले सांसदको नाम फिर्ता
March 30, 2021 8:10 pm

बिराटनगर । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेका १६ जना सांसदले नाम फिर्ता लिएका छन् ।
उनीहरुले मंगलबार प्रदेशसभा सचिवालयलाई पत्र लेखी अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएका हुन् । गत पुस १२ गते तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वास प्रस्ताव फिर्ता लिने एमाले सांसदहरुले फागुन २३ को सर्वोच्च अदालतको फैसला पछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएको भन्दै अविश्वास प्रस्तावबाट समर्थन फिर्ता लिएका हुन् ।
एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिएपछि अब मुख्यमन्त्री शेरधन राईको पद जोगिने भएको छ । प्रदेशसभामा एमालेको ५१ सांसद छन् ।
९३ सदस्य रहेको प्रदेशसभामा सरकार निर्माणका लागि ४६ सांसद भए पुग्छ ।
March 30, 2021 8:10 pm | प्रदेश तह,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,लोकप्रिय
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

Social Security Fund asks employers to join scheme, luring those concerned with revised pension plans

चितवनमा ट्र्याक्टर दुर्घटना पाँचको मृत्यु

आज प्रतिनिधि सभा बैठक बस्दै

आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी

कमल गाउँपालिकामा तेह्रौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रदेश १ मा ७ संक्रमित थपिए

शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई छलफलको लागि बोलायो

इटालियन सिरी ए फुटबलमा इन्टर मिलानको जित
