
बुधबारे जेसीजद्वारा रक्तदान, ४२ प्रिन्ट रगत संकलन

बुधबारे । बुधबारे जेसीजले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिला सहित ४२ जनाले रक्तदान गरेका छन् ।
बुद्धशान्ति गाउँपालिकाको स्वास्थ्य चौकी शान्तिनगरमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाले प्राविधिक सहयोग गरेको थियो । अध्यक्ष अनिल वाग्लेको सभापतित्वमा भएको रक्तदान कार्यक्रममा बुद्धशान्ति–५ का वडाध्यक्ष बासुदेव खतिवडाको प्रमुख आतिथ्यता थियो ।
बुधबारे जेसीजका विष्णु लामिछानेको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा प्रमुख अतिथि खतिवडाले यस क्षेत्रमा रक्तदान गरेको प्रति जेसीजलाई धन्यवाद व्यक्त गरे । बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य चौकी शान्तिनगरका प्रमुख भरत खतिवडा, नेपाल रेडक्रस सोसाइटी झापाका रक्त सञ्चार प्राविधिक सचिन लिम्बु, करुणा कार्की, रक्तसञ्चार असिष्टेन्ट प्राविधिकहरु विनिता राजवंशी, सरिता विक, नेपाल रेडक्रस सोसाइटी उपशाखा बुद्धशान्ति अध्यक्ष सीता निरौला, बुधबारे जेसीजका निवर्तमान अध्यक्ष नन्दकुमार याफू राई, पूर्व अध्यक्ष रमेश बराल, कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, महासचिव सुजित बराल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संयोजक लामिछानेले स्वागत मन्तव्य राखेका थिए । बुधबारे जेसीजका उपाध्यक्ष रुद्र निरौलाले रक्तदान गरेर कार्यक्रम सुभारम्भ गरिएको थियो ।
January 26, 2021 7:28 pm | समाज

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

प्रचण्ड – माधव पक्षले बोलायो स्थायी कमिटी बैठक

अफगानिस्तान भिडन्त : ८ प्रहरीसहित ५ तालिवानी लडाकुको मृत्यु

सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रधानमन्त्री ओली

कांग्रेस नेतृ प्रसाईलाई लेडी जेसीजद्वारा उत्कृष्ट नारी सम्मान

भारत छिरेका प्रहरीलाई फिर्ता गर्न म्यानमारको अनुरोध

संसद बैठक फागुन २६ गतेसम्मका लागि स्थगित
