जिल्ला प्रहरी झापालाई सिम्रिकको मास्क र सेनिटाइजर

November 11, 2020 2:16 pm

भद्रपुर । बिर्तामोडस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले जिल्ला प्रहरी कार्यालय झापालाई ५० लिटर सेनिटाइजर र ५०० थान सर्जिकल मास्क प्रदान गरेको छ ।

जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन गर्न एवम् नेपाल–भारत खुल्ला सिमानामा २४ सै घण्टा पहरा दिनुपर्ने प्रहरी कर्मचारीमा कोरोना संक्रमण हुन नपाओस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री प्रदान गरिएको सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले बताएका छन् ।

संस्थाका अध्यक्ष भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत र विभागीय प्रमुख विजय बस्नेतसहित सहकारीकर्मीहरुले जिल्ला प्रहरी कार्यालयमा गएर आज बिहान उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले सहयोग स्वास्थ्य सामग्री ग्रहण गर्दै अग्रभागमा रहेर काम गर्ने प्रहरीको सुरक्षाका लागि संस्थाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले महत्वपूर्ण काम गर्ने बताए ।

          November 11, 2020 2:16 pm | समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: