नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) झापाको जग्गा खरिद सम्बन्धी कोटेशन आह्वान

September 26, 2020 7:48 am

असल संस्कार र समृद्धिका लागि एनएमसी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC COOP
कर्पाेरेट कार्यालय : मेचीनगर–६, काँकरभिट्टा

जग्गा खरिदका लागि कोटेशन आह्वान

दोस्रोपटक प्रकाशित मिति : २०७७।६।८

संस्थाको कर्पोेरेट कार्यालय भवन निर्माण प्रयोजनका लागि निम्न विवरणसहितको जग्गाको आवश्यकता परेको हुँदा इच्छुक जग्गाधनीहरूबाट रीतपूर्वकको सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।

आवश्यक विवरण : 
⦁ जग्गा करिब १० कठ्ठादेखि एक बिगाहासम्म हुनु पर्नेछ ।
⦁ जग्गा पूर्वमा मेचीनगर नगरपालिकाको इँटाभट्टादेखि पश्चिममा कनकाई नदीसम्म र पूर्व पश्चिम राजमार्गबाट करिब एक किलोमिटरको  आसपासमा हुनु पर्नेछ ।
⦁ जग्गासम्म पुग्न सकिने २० फुट बाटोको पहुँच भएको हुनु पर्नेछ ।
⦁ जग्गा बिक्री गर्न चाहने जग्गाधनीले पहिलो चरणमा आफूले बिक्री गर्न चाहेको जग्गाको अवस्थिति खुल्ने गरी जग्गाको क्षेत्रफल, कित्ता नम्बर, ठेगाना (साविक र हाल), सँधियार र जग्गासम्म पुग्न सकिने विवरण खुल्ने गरी आफूले बिक्री गर्न चाहेको प्रति एकाइ (प्रतिकठ्ठा, प्रति बिगाहा आदि) मूल्य खुल्ने गरी सिलबन्दी निवेदन दिनु पर्नेछ ।
⦁ पहिलो चरणमा निवेदन पेस गर्दा निवेदनका साथमा जग्गाको नक्सा र धनीपूर्जाको प्रतिलिपी पेस गर्नु पर्नेछ ।
⦁ निवेदन जग्गाधनी स्वयम् वा निजको प्रतिनिधिले पनि पेस गर्न सकिने छ ।
⦁ पहिलो चरणमा प्राप्त निवेदनहरूमध्ये प्रारम्भिक चरणको छनोटमा परेका निवेदकहरुसँग संस्थाको तर्फबाट थप कागजात माग गर्न सकिनेछ ।
⦁ प्राप्त निवेदनको अध्ययनका आधारमा जग्गा खरिद गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहने छ ।
⦁ कोटेसन सम्बन्धी निवेदन संस्थाको कर्पोरेट कार्यालय काँकरभिट्टामा २०७७ साल असोज १५ गते बिहीबारसम्म बुझाउन सकिनेछ ।
⦁ थप जानकारीका लागि संस्थाको कर्पोरेट कार्यालयमा सम्पर्क गर्न सकिने छ ।

– प्रमुख कार्यकारी अधिकृत

          September 26, 2020 7:48 am | अर्थतन्त्र,विज्ञापन,सहकारी
Loading...

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित

Loading...
Loading...