२०८० फागुन १९, शनिवार , ०५:३५:३१ बजे

Sajhamanch
'

राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

शुक्रवार, माघ १०, २०७६

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।

प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति भण्डारीसमक्ष शुक्रबार बुझाएका हुन्। प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त भएका थिए। सभामुख बन्‍न लागेका नेता अग्नि सापकोटाविरूद्ध उनी सल्लाहकार हुनु पहिले सर्वोच्च अदालतमा रिट हालेका थिए।

सापकोटालाई सभामुखमा निर्वाचन गर्न नेकपा र विपक्षी नेपाली कांग्रेससमेत तयार भएका बेला प्याकुरेलले मानवअधिकार र सामाजिक न्यायका पक्षमा अझ दृढ भएर लाग्नका लागि पदबाट राजीनामा गरेको बताएका छन्।

सम्बन्धित खबर