२०८० फागुन २०, आइतवार , ०७:४६:४४ बजे

Sajhamanch
'

अमेरिकाको नयाँ नियम : जसले नेपाली सेलिब्रिटी र सर्वसाधारणलाई तनाव

शुक्रवार, माघ १०, २०७६

काठमाडौं । अमेरिकाले जारी गरेको एउटा नयाँ नियमले त्यहाँको भिषा लगाउने र उतै बस्ने मानसिकता रहेका नेपाली सर्वसाधारण र सेलिब्रिटी पनि प्रभावित हुने भएका छन् ।

विदेश मन्त्रालयले गर्भवती महिलाहरूलाई बच्चा जन्माउन अमेरिका जाने क्रमलाई रोक्न नयाँ नियम ल्याएको छ । शुक्रबारदेखि लागु हुने नीतिले जन्म पर्यटनलाई रोक्ने दाबी गरिएको छ ।

नयाँ नियमानुसार गर्भवती महिलाले अमेरिकाको भिसा (प्रवेशाज्ञा)का लागि आवेदन दिँदा त्यहाँ जान बच्चा जन्माउने बाहेक अन्य निश्चित कारण रहेको प्रमाणित गर्नुपर्नेछ।

अधिकारीहरूले यो नयाँ नियम अमेरिकाको राष्ट्रिय सुरक्षा र जनस्वास्थ्यको हिसाबले आवश्यक रहेको बताएका छन् । अमेरिकामा जन्मिने लगभग प्रत्येक बच्चाले त्यहाँको नागरिकता पाउने नियम छ जसलाई राष्ट्रपति डोनल्ड ट्रम्पले आलोचना गर्ने गरेका छन् ।

यसले अमेरिका जाने र उतै बच्चा जन्माएर बस्छु भन्ने नेपाली समेत प्रभावित हुने पक्का छ । कतिपय नेपाली सर्वसाधारण र सेलिब्रिटीसम्मले अमेरिका जाने र बच्चा जन्माएर सेटल हुने गरेका थिए ।

अमेरिकामा जन्मिएको बच्चाले उतैको नागरिकता पाउने नियम रहेका कारण यो क्रम बढेको थियो ।

यस नियमपछि भिसा अधिकारीहरूलाई कुनैपनि व्यक्तिको अमेरिका भ्रमणको उद्देश्य त्यहाँ बच्चा जन्माउने मात्रै देखिएका खण्डमा भिसा नदिन सक्नेछन् । ‘जन्म पर्यटन अपराधिक गतिविधिसँगै बढिरहेको छ,’ नीतिमा लेखिएको छ ।

नीतिले स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूलाई पनि भिसा प्राप्त गर्न कठिन हुनेछ । स्वास्थ्य उपचारका लागि अमेरिका जान चाहनेहरूले अब त्यहाँको उपचार खर्च बेहोर्न सक्ने हैसियत देखाउनुको साथै अमेरिकी चिकित्सकको व्यवस्था गरेको देखाउनु पर्नेछ । राष्ट्रपति कार्यलयले नयाँ नियमको प्रशंसा गरेको छ ।

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार सन् २०१७ मा करिब १०,००० बच्चाहरू भ्रमण भिसामा रहेका मानिसबाट जन्मिएका थिए । सन् २००७ मा त्यो सङ्ख्या ७,८०० थियो ।

आप्रवासमा कडा नियमका लागि वकालत गर्ने सेन्टर फर इमीग्रेशन स्टडीजले सन् २०१६ को पछिल्लो छ महिना र सन् २०१७ को पहिलो छ महिनाबीचको एक वर्षमा ३३,००० बच्चाहरू जन्मेको तथ्यांक रहेको बीबीसीले उल्लेख गरेको छ ।

शुक्रवार, माघ १०, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर