२०८० फागुन ११, शुक्रवार , १०:४४:४३ बजे

Sajhamanch
'

काठमाडौंमा नेपाल-अमेरिकी सेनाको एक महिने संयुक्त सैन्य अभ्यास

शुक्रवार, माघ १०, २०७६

काठमाडौं । काठमाडौंमा नेपाली सेना र अमेरिकी सेनाको एक महिना संयुक्त अभ्यास हुने भएको छ ।

आगामी फागुन ५ गतेदेखि संयुक्त सैन्य अभ्यास शुरु हुने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ । काठमाडौंको छाउनी र भक्तपुरको नगरकोटमा हुने संयुक्त सैन्य अभ्यास चैत ६ गते सकिने नेपाली सेनाको स्रोतले जानकारी दिएको छ ।

संयुक्त अभ्यासमा ३६ नेपाली सेना र ९ अमेरिकी सेना सहभागी हुने जनाइएको छ । एक महिना अभ्यासका क्रममा नेपाल र अमेरिकाका सेनाबीच अन्तर्राष्ट्रिय मानवीय कानुन, घाइतेको उद्धार र शहरी विद्रोह नियन्त्रणबारे अभ्यास हुने सैनिक स्रोतले जनाएको छ ।

शुक्रवार, माघ १०, २०७६ | राष्ट्रिय समाचार

सम्बन्धित खबर