नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषको दोस्रो साधारण सभा सम्पन्न

3 weeks अगाडी

युएई । नेपाली प्रवासी वचत, ॠण तथा लगानी कोषले आफ्नो दोस्रो साधारण सभा सम्पन्न गरेको छ ।

युएईलाई कार्यक्षेत्र बनाई श्रमरत झापाली युवाहरुले आफ्नो आम्दकोी सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ दुई वर्ष अगाडि शुरुवात गरेको थियो ।

साधारण सभा झापाली समाज युएईका केन्द्रीय कोषाध्यक्ष भरत बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

संस्थाका कोषाध्यक्ष शेषराज न्यौपानेले २७ लाख बराबरको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रवासमा आफ्नो आम्दानीको सानो अंश १०० दिराम प्रती महिना बचत गर्दै शुरु गरिएको कोषमा बचत भएको रकमलाई नेपालमा नै सामुहिक लगानीमा केहि गर्नुपर्छ भन्ने उद्देश्यले नेपाल सरकारको कम्पनी ऐन २०६३ अनुसार युनिटी फरेन इन्भेस्टमेन्ट प्रा.लि. दर्ता गरि संचालनमा ल्याएको छ । कोषका ३१ जना संस्थापक सेयर सदस्यको लगानीमा ३१ लाख अधिकृत पुँजी रहेको कम्पनी संचालनमा आएको हुँदा यस कोषको सम्पुर्ण कारोबार कम्पनिमा रुपान्तरण गरि सोही कम्पनिको विनियम अनुसार गर्ने साधारण सभाले निर्णय गरेको छ ।

कार्यक्रममा लेखा समितिका संयोजक मोहन दाहालले कोषको अन्तरिक लेखा परिक्षण प्रतिवेदन तथा योजन तर्जुमा समितिका संयोजक दुर्योधन कार्किले कोषले आगामिदिनमा गर्ने योजना प्रतिवेदन पेश गर्नु भएको थियो ।

कोषका अध्यक्ष नरेश लामिछानेको अध्यक्षतामा संचालित सभाको संचालन कोषका सचिव तेजमणी सुवेदीले गरेका थिए ।

          July 29, 2018 9:08 pm | प्रवास


प्रतिकृयाहरू :

Loading...

समाचारहरु:


भर्खरै प्रकाशित


Loading...
Loading...