२०८१ साउन १२, शनिवार , ०५:०९:३४ बजे

Sajhamanch
'

राष्ट्रियसभा सदस्य निर्वाचनः नेकपा उम्मेदवारहरु फराकिलो मतले विजयी हुँदै

बिहिवार, माघ ९, २०७६

झापा । आज सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट नेकपाका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फको सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फका सदस्यमा निर्वाचित भएका हुन् ।

यसैगरी प्रदेश २ बाट नेकपाको समर्थनमा अन्य समूहको उम्मेदवार बनेका मृगेन्द्र सिंह यादव निर्वाचित भएका छन् । राजपाका मृगेन्द्र सिंहले समाजवादी पार्टीका अनिरुद्र यादवलाई पराजित गरेका हन् ।

मतदानमा सहभागी  जनप्रतिनिधिहरु । तस्वीरः मेनुका काफ्लेको फेसबुकबाट

त्यस्तै गण्डकी प्रदेशबाट नेकपाका नेता नारायणकाजी श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए । गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छन् ।

यसरी नै प्रदेश ५ बाट पनि तीनैजना नेकपा उम्मेदवार विजयी भएका छन् । महिलातर्फ विमला घिमिरे, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट जगप्रसाद शर्मा र अन्य समूहबाट गोपालप्रसाद भट्टराई राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सम्बन्धित खबर