२०८१ साउन ११, शुक्रवार , ०४:३५:५१ बजे

Sajhamanch
'

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख खोलेः आफूमाथि षड्यन्त्र भइरहेको खुलासा (अडियोसहित)

शनिवार, फागुन १७, २०७६

इटहरी । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने पात्र (बालिका खड्का)लाई आफूले कहिल्यै नचिनेको दावी गरेका छन् ।

प्रेस संगठन नेपाल प्रदेश नं. १ को प्रथम प्रदेश भेला तथा सपथग्रहण समारोहमा बोल्दै मुख्यमन्त्री राईले आफूमाथि केही व्यक्तिहरुको २०७२ सालदेखि षड्यन्त्र गरिरहेको र यसैको श्रृङ्खला अनुरुप विभिन्न हथ्कण्डाहरु अपनाइएको दावी गरेका छन् ।

मुख्यमन्त्री राईलाई आफ्नो पति भएको दाबी गर्दै ‘नाता कायम गरी अंश दिलाई पाउँ’ भनी जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी महिला को हुन्, म उनलाई राम्ररी चिन्दिन पनि । मबाट कुनै गल्ती नभएकोले आरोप आफैंमा षड्यन्त्र हो भन्ने प्रष्ट भएको मुख्यमन्त्री राईको भनाई छ ।

सुनौं, उनले आरोपमाथि खण्डन गर्दै आज दिएको मन्तब्यः

 

सम्बन्धित खबर