काठमाडौं । काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा छन् । […]
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका ३१ जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नेपाली नागरिकताको प्रमाण पत्र लिएका उक्त संख्याका नागरिकले नागरिकता त्याग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक […]
कैलाली । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया […]
झापा । साउनको दोस्रो सातासम्म आइपुग्दा झापामा ९२ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ। झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको […]
काठमाडौं । देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । ललितपुरमा सात र कैलालीमा […]
काठमाडौं । शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक ‘सर्किट ब्रेक’ लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको […]
काठमाडौं । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ गुम्दाको रेसेफाँटमा पहिरोमा परी पाँच जना बेपत्ता भएका छन् । पहिरोले कृषि फर्म र एउटा घर बगाउँदा कृषि फर्म सञ्चालक जितबहादुर गुरुङको तीन जनाको परिवारसहित पाँच जना […]
मोरङ । जिल्लाको मिक्लाजुङ गाउँपालिका रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१ की ११ वर्षीया सुस्मिना धिमाल रहेकी छन् । उनका बुबा ३७ वर्षीय सुनिलकुमार […]
काठमाडौं । शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । खुलेको १ मिनेटमै शेयर बजार परिसूचक नेप्से ४ प्रतिशतले बढेर ‘सर्किट ब्रेक’ लागेको हो । मौद्रिक नीतिपछि आज शेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको हो । […]
बिर्तामोड । झापाका सबै पालिकामा एकवर्षे अवधिमा झन्डै ४७ किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्ष २०८०/०८१ मा समष्टीगत २६ दशमलव ३७६ किलोमिटर र दुईवटा बहुवर्षे २० दशमलव ४७ […]