बिर्तामोड । लायन्स क्लब अफ स्मार्ट लेडी बिर्तामोडले नेत्रहीनका लागि आँखा दान गरेका छन् । लायन्स लेडी बिर्तामोडका पदाधिकारी र सदस्यहरुले बुधवार (आज) बिर्ताबजारस्थित झापा नेत्रहीन संघको कार्यालयमा कार्यक्रम गरेर नेत्रहीनलाई आफ्नो आँखा दिएका हुन् […]
विराटनगर । प्रहरीले विराटनगरबाट लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । भारतको जोगवनीमा खरिद गरेर टेम्पोमा राखेर नाइट्राभेट र प्यारोनिक्स ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी […]
पाँचथर । नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन् । महासंघ शाखाले फिदिममा आयोजना गरेको मिडिया सम्मेलनमा डा. आचार्यलाई सम्मान पत्र, दोसल्ला र नगदबाट सम्मानित गरिएको हो । कोशी […]
विराटनगर । इटहरी उपमहानगरपालिकाले गर्मी बढेपछि दुई दिन विद्यालय बिदा दिएको छ । नगर प्रमुख हेमकर्ण पौडेलका अनुसार १७ र १८ जेठमा विद्यालय बन्द हुनेछ । केही दिनयता गर्मी बढेको र गर्मीका बेला विद्यार्थीहरु समस्यामा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताउनुभएको छ । आज काठमाण्डौमा आयोजित ७१ औँ सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आरोहीहरूको भविष्यको सुरक्षा […]
काठमाडौं । बितेको तीन वर्षमा वैदेशिक रोजगारमा रहेका चार हजार ३५ जना नेपालीको ज्यान गएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये […]
काठमाडौं । शेयर बजार आज उच्च अङ्कले घटेको छ । सरकारले ल्याएको आउँदो आर्थिक वर्षको बजेटमा पुँजीबजारलाई खासै सम्बोधन नगरेको लगानीकर्ताले बताएका छन् । बजेटपछिको पहिलो कारोबारमा शेयर बजार २३ दशमलव ८१ अङ्कले घटेर दुई […]
काठमाडौं ।बारामा १३ लाख बराबरको नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। तीन जना नेपाली र एक जना भारतीय नागरिकलाई १३ लाख १६ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी […]
नुवाकोट । जग्गासम्बन्धी विवादमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ मानेगाउँमा भाइले दाजुको हत्या गरेको अभियोग लागेको छ। ७१ वर्षीय खमसिंह तामाङको हत्यामा उनकै भाइ ६७ वर्षीय सिंहबहादुर तामाङको संलग्नता रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज नियन्त्रणमा […]
विराटनगर । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका […]