काठमाण्डौं । नेपालमा कोरोनाको संक्रमितको संख्या ४५ पुगेको छ । बुधबार तीन जना व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ४५ पुगेको हो ।
विवि कोइराला अध्ययन प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
संक्रमित मध्ये सात जना निको भएर फर्किएका छन्। मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो। संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।