२०८१ पौष २४, बुधवार , ०९:५४:४० बजे

Sajhamanch
'

भिडियो कन्फरेन्समा शैक्षिक अन्तरक्रिया

बिहिवार, वैशाख ४, २०७७

शिवसताक्षी । नेपाल शिक्षक संघ शिवसताक्षीले कोरोना भाइसको त्रासका बाबजुत पनि शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेको छ । झापा जिल्ला भित्रका नेपाल शिक्षक संघ आवद्ध व्यक्तिहरुको सहभागीतामा भिडियो कन्फरेन्समा मार्फत अन्तरक्रिया गरेको हो ।

विश्व व्यापी फैलिएरको कोरोना भाइरसको कारण शिक्षा र स्वास्थ्यमा गम्भिर असर पुगेको भन्दै यसको बावजुत पनि कसरी शैक्षिक क्रियाकलप गर्ने, कोरोना भाइरको संक्रमणको रोकथामका लागि कस्तो भूमिका अपनाउने भन्ने विषयमा अन्तरक्रिया भएको थियो ।

४० – ४० मिनेटको ३ खण्ड गरी १२० मिनेट अन्तरक्रिया गरिएको हो । नेपाल शिक्षक संघले पालान गर्नु पर्ने न्युनतम आचारसंहिता, शैक्षिक क्षेत्रमा लिनु पर्ने जवाफ देहिता, संक्रमणमा देखिन सक्ने आर्थिक समस्या हल गर्न नेपाल शिक्षक संघ सदस्यले गर्न सक्ने आर्थिक तथा समाजिक योगदानका लागि विधि र प्रकृयाका बारेमा नेपाल शिक्षक संघ प्रदेश नं.१ अध्यक्ष पूर्णप्रसाद गौतमले प्रष्ट पारेका थिए ।

नेपाल शिक्षक महासंघ तथा झापाका पूर्व अध्यक्ष तेजप्रसाद चम्लागाईंले शिक्षण विधि तथा घरघरमा विद्यालय कार्यक्रमको परिचय, औचित्य, विधि र इच्छाशक्ति निर्माण गरी सकारात्मक सोचका साथ कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले इन्टरनेटको पहुँच नभएका स्थानहरुमा मोबाइल वा एफ एमको प्रयोग गर्न सकिने समेत बताएका थिए ।

प्रविधिको प्रयोग गरी झापा जिल्ला भर शिवसताक्षीको प्राविधिक सहयोगमा अनलाइन कोचिङ्ग कक्षा सञ्चालन गर्न झापा जिल्ला अध्यक्ष नेत्र खरेलले सुझाब दिए । अन्तरक्रियामा सहभागीहरुले शिवसताक्षीमा हाल सञ्चालन भइरहेको एसईई परीक्षाको तयारीका लागि गरिएको अनलाइन कोचिङ्ग कक्षाको प्रशंसा गरेका थिए ।

लकडाउनको समयमा प्रविधिको समुचित प्रयोग गरी कार्यक्रम गरिएकोमा हरेक समस्याका पछाडी त्यसको समाधान पनि हुन्छ भन्ने कुरालाई सबैले हेक्का राख्दै अघि बढ्न यो अनलाइन अन्तरक्रिया पनि उदाहरण बनेको कार्यक्रम सञ्चालक नेपाल शिक्षक महासंघ शिवसताक्षी सचिव गोविन्द काफ्लेले बताए । अन्तरक्रिया कार्यक्रममा २८ जनाले सहभागीता जनाएका थिए ।

सम्बन्धित खबर