२०८१ पौष १४, आइतवार , १२:०४:३९ बजे

Sajhamanch
'

क्वारेन्टाइनमा रहेका १८ मजदूरलाई सांसद बानियाँको सहयोग (फोटो सामग्री)

शुक्रवार, चैत २१, २०७६

बिर्तामोड । झापाको भद्रपुर–२ स्थित किच्चकबध क्षेत्रमा अस्थायी क्वारेन्टाइनमा रहेका १८ जना मजदूरलाई आज आवश्यक सामग्री प्रदान गरिएको छ ।

अस्थायी क्वारेन्टाइनमा रहेका उनीहरुको अवस्थाबारे अनुगमन गर्दै आवश्यक सामग्री प्रदान गरिएको झापा क्षेत्र नं. ३ का प्रदेशसभा सदस्य बसन्त बानियाले जानकारी दिएका छन् । अनुगमनका क्रममा उनीहरुको बसाइ अव्यवस्थित रहेको, खाद्य सामग्री अभाव, सुताइका लागि आवश्यक सामग्री अभाव, झुलसमेत नभएको अवस्थामा क्वारेन्टाइनमा बस्नुपरेको पाइएको उनको कथन छ ।

‘अनुगमनपछि आवश्यक सामग्री वितरण गरेका हौँ’, प्रदेशसभा सदस्य बानियाँले भने, ‘बासस्थानमा टेन्टको व्यवस्थापन गरी अस्थायी रुपमा भए पनि बस्न लायक बनाइयो ।’ उनीहरुलाई २०० केजी चामल, २० केजी आलु, ५ केजी दाल, ९ थान झुल, म्याट, ९ थान तन्दा, १० लिटर खानेतेल, ५ केजी प्याज, १८ थान साबुन, चना, खाजाका लागि मुराइ, नून, स्वायबिन, खुर्सानी लगायतका ३० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो ।

सहयोग वितरणमा कचनकवल निवासी कचनकवल निर्माण सेवाका रोहित खतिवडा, कचनकवलका व्यवसायी कमल घिमिरे, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रा श्रेष्ठ, कौशल्या अधिकारी, डिल्लीराम घिमिरे, दिलबहादुर थेवे लगायतले सहयोग गरेका थिए । उक्त कार्यको सहजीकरण भद्रपुर–२ का वडाध्यक्ष भीम केरुङले गरेको प्रदेशसभा सदस्य बानियाँले बताए ।

सम्बन्धित खबर