कचनकवल । साबिक बालुबाडी गाविसको वडा नं. ६ हाल कचनकवल गाउपालिका वडा नं ७ मा बिपद ब्यवस्थापन समितिको आयोजनामा कोरोना भाइरसबाट बच्ने उपायबारे जनचेतना जगाउने काम गरिएको छ ।
प्रदेशसभा सदस्य बसन्त बानियाँको अगुवाईमा भएको सो सचेतना कार्यक्रममा १८७ घर परिवारमा हातधुने साबुन तथा विदेशबाट आएकाहरुलाई मास्क प्रदान गरिएको छ ।
सचेतना जगाउँदै गाउँघर पुगेको सो टोलीले अति विपन्न परिवारको पहिचान गरी हरेकलाई ५ केजी चामल प्रदान गरिएको थियो । ती विपन्न परिवारलाई सांसद बानियाँले नगद ५०० रुपैयाँ थप गरी हस्तान्तरण गरेका थिए ।
विपदको बेलामा सहयोग गर्नुहुने सहृदयी मनहरुलाई सांसद बानियाँले धन्यवाद दिँदै सरकारले घोषणा गरेको लकडाउनको अवधिभर अतिआवश्यक बाहेक घर बाहिर सहर बजार नजान आग्रह गरेका छन् ।