२०८१ मंसिर १२, बुधवार , १२:५१:३० बजे

Sajhamanch
'

प्रधानमन्त्री ओली अस्वस्थ : त्रिवि शिक्षण अस्पताल भर्ना

शुक्रवार, चैत १४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् ।

बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

मुटुको चाल बढेपछि ओलीलाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिव्यसिंह शाहले मुटुको चाल केही बढेको देखिएपछि अस्पताल लगिएको बताइन् । अहिले बिहानसम्ममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. सिंहले बताएकी छन् ।

स्वास्थ्य अवस्था सामान्य बनकोले आज शुक्रबार नै प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पताल स्रोतले जनाएको छ । फागुन २१ गते प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए । उनलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उनी अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए । तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिएका थिए ।

सम्बन्धित खबर