२०८१ पौष २४, बुधवार , ०९:४१:४५ बजे

Sajhamanch
'

शिवसताक्षीमा क्वारेन्टाइन कक्ष निर्माणमा तिब्रता, कमल गाउँपालिकामा १५ बेडको निर्माण सम्पन्न

बुधवार, चैत १२, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने कार्यलाई तिब्रता दिएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट नगरबासीलाई बचाउन शिवसताक्षी नगरले रातारात क्वारेन्टाइन निर्माण कार्यलाई तिव्रता दिएको हो।

नगरपालिकाले वडा नम्बर ११ स्थित झरना प्राथमिक विद्यालयको कक्षा कोठामा १८ बेडको क्वारेन्टाइन विहीबारसम्ममा तयार हुने जनाएको छ । नगरपालिकाका, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्वास्थ्यकर्मी लगायतको टोलीले झरना प्राविको भवनलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न उपयुक्त ठानेपछी धमाधम निर्माण शुरु भएको हो । मंगलबार राती अवेरसम्म नगरपालिकाका कर्मचारी दिपक तामाङ्गको नेतृत्वमा ५ जना सहयोगीले कोठामा रङरोगन, बिजुली, खानेपानी, खाद्यन्न जुटाउने लगायतका काम गरिरहेका छन । तामाङ्गले भने, ‘बिहीबार ४ बजे सम्म क्वारेन्टाइन तयार भई सक्ने छ ।’

शिवसताक्षी नगरका नागरिकहरूको सुरक्षालाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको गतिविधि अघि बढाइने नगरप्रमुख चन्द्रकुमार सेर्माले बताए । उनले नगरवासीलाई अत्यावश्यक काम बाहेक घर बाहिर न निस्कन समेत आग्रह गरे । यसैबीच गोपाल गौरी दिगोविकास प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष ईन्दिरा गौतमले निर्माणाधीन क्वारेन्टाइनका लागि अस्पतालमा प्रयोगहुने दुईवटा बेड निशुल्क प्रदान गरेकी छन ।
त्यस्तै कमल गाउँपालिकाले पनि कोरोना भाइरसको सम्मावित संक्रमणबाट गाउँपालिका बासीलाई बचाउन कोरेन्टाइन कक्षको निर्माण गरेको छ । गाउँपालिकाले केर्खा स्थित सहित धर्मभक्त माध्यमिक विद्यालयमा १५ बेडको कोरेन्टाइन कक्ष निर्माण गरेको जनाएको छ ।

सम्बन्धित खबर