२०८१ पौष १३, शनिवार , १०:३९:५० बजे

Sajhamanch
'

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको ताजा निर्णयः सिनेमा हल, जीम, डान्स बार, क्लब लगायत ३० अप्रिलसम्म बन्द

बुधवार, चैत ५, २०७६

काठमाडौं । नेपाल सरकारले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर बाहिर ननिस्कन देशबासीलाई आह्वान गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको आज बसेको बैठकले अत्यावश्यक काम परेको अवस्थामा बाहेक घर बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो ।

सरकारले धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिसको भेला हुने कार्यलाई पनि बन्द गर्ने निर्णय गरेको जनाइएको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सरकारले आग्रह गरेको छ ।

यसरी नै सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय आज बुधबार गरेको हो ।

निर्णयमा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

यसको अनुगमानका लागि गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

यसरी नै होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलका सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।

साथै, तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी ती स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको सवास्थ्य जाँच गर्ने पनि निर्णय भएको छ ।

सम्बन्धित खबर