![](https://sajhamanch.com/wp-content/uploads/2023/07/Untitled-design-1-1.png)
गर्मीयाम सुरू भएसँगै डेंगी रोग फैलिएको भन्दै सरकारले सतर्क रहन आग्रह गरेको छ। इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत दुई महिनामा देशभर ३६ जनामा डेंगी देखिएको छ।
प्रदेश नम्बर १ मा ६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नम्बर ५ मा १४ जना र सुदुरपश्चिम प्रदेशमा २ जनामा डेंगी देखिएको हो। ‘अब सबैले कोरोनासँगै डेंगीसँग पनि सर्तक रहनुपर्छ,’ महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले सेतोपाटीसँग भने।
उनले डेंगीबाट बच्च सरसफाइमा ध्यान दिनुपर्ने बताए। पानी जमेको खाल्डाखुल्डी पुर्ने र झुलको प्रयोग गर्न उनले आग्रह गरेका छन् । टेकु सरुवा रोग अस्तपतालका चिकित्सक शेरबहादुर पुन डेंगी अरू भाइरसजस्तो खतरा नभएकोले यसबाट आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बताउँछन्।
‘कसैलाई डेंगीको लक्षण देखिनेवित्तिकै आत्तिनु पर्देन। तर शरीरको भित्री वा बाहिरी भाग कतैबाट पनि रक्तश्राप भयो भने तुरून्त चिकित्सककोमा जानुपर्छ,’ उनले भने। आर्थिक वर्ष २०७५र०७६ मा तीन हजार चार सय जनामा डेंगी संक्रमण देखिएको थियो। सेतोपाटीबाट