विर्तामोड । झापाको पूरानो बजार भद्रपुर एकताका पूर्वको नाकाकै रुपमा स्थापित थियो । धान, सनपाट र लकडीको व्यापारले पूर्वमा विराटनगरपछिको दोस्रो ठूलो बजारको रुपमा स्थापित थियो, भद्रपुर ।
तीन किलोमिटर दुरीमा रहेको भारतको गलगलिया रेल्वे स्टेशनबाट धान, सनपाट र लकडी बंगाल, बिहार, केरला लगायतमा स्थानमा सप्लाई हुन्थ्यो । २००४ देखि २०१८ सम्ममा ठूला–ठूला १४ वटा राइस मिल भद्रपुरमा स्थापना भएका थिए । जिल्लाका पुराना बजारहरु गौरीगञ्ज, शनिश्चरे र धुलाबारीको सबै कारोबार भद्रपुरबाटै हुन्थ्यो । काँकरभिट्टा, बिर्तामोड, सुरुङ्गा, दमक लगायतका बजार गुमनाम थिए । तर, अहिले यी बजारहरु पूर्वका प्रमुख शहरको सूचीमा पदैर् गएका छन् । भद्रपुर इतिहास बन्दै गएको छ ।
तत्कालीन सरकारले २००८ सालमा पहिलो पटक देशभरका १४ वटा शहरलाई नगरपालिका घोषणा ग¥यो । जसमा पूर्वको विराटनगर र भद्रपुर परेका थिए । नगरपालिका भएपछि शहरमा नयाँ थप लगानीहरु भित्रिए । नगरमा बाटाहरु ग्रावेल भए । २००४ सालमा जिल्लामै पहिलो भद्रपुर हाइस्कुलको स्थापना भएको थियो । विस्तारै बाल मन्दिर, महेन्द्र पार्क, मेची रंगशाला, मेची बहुमुखी क्याम्पस, भन्सार कार्यालयहरु स्थापना हँुदै गए । ३० को दशकमा भद्रपुर एउटा पूर्ण शहरको रुपमा विकास भइसकेको थियो ।
तर, ०२६ पछि पूर्वपश्चिम राजमार्गको सवेर्सँगै भद्रपुरको भविष्यमाथि कालो बादल मडारिन सुरु भयो । सुरुमा भद्रपुरबाटै राजमार्ग निर्माण गनेर् गरी भएको सवेर्ले यहाँका व्यापारी र स्थानीय उत्साही बने । तर, पछि राजा महेन्द्रले काँकरभिट्टालाई नाका बनाउँदै राजमार्ग उत्तरतर्फबाट बनाउने निर्णय लिएपछि भद्रपुर नउठ्ने गरी थलियो ।
राजमार्ग निर्माणपछि यहाँका व्यापरीहरु धुलाबारी, विराटनगर, काठमाडौँ लगायतका शहरहरुतिर पलायन हुन थाले । एकाएक भद्रपुरमा सबैखाले विकासका गतिविधिहरु ठप्प हुन पुग्यो । काँकरभिट्टाबाट भारतको पानीट्यांकी जोड्ने गरी बनेको मेची पुलले भद्रपुरको चहलपहल शून्यमा झारिदियो । अहिले भद्रपुर एउटा पुरानो शहरको चिनारीको रुपमा मात्र रहेको छ । सामान्य व्यापारबाहेक ठूलाखाले कुनै व्यापार छैनन् । त्यतिबेलै भद्रपुमा मेची पुल बनेको भए, यो शहर यस्तो अवस्थासम्म आइपुग्ने थिएन । पुलका कारण भद्रपुरले विकासको गति लिन सकेन ।
४० वर्षअघि नै तयार भइसकेको एउटा शहरबाट राज्यले कुनै लाभ उठाउन सकेन । राज्य आफैँले मेची पुल बनाउन ध्यान दिएन । २००९ सालमै मेची पुल निर्माण समिति गठन भएको थियो । समितिको पहलमा पहिलो पटक २०२६ मा अञ्चलाधीश मनमोहन मिश्रले पहिलो पटक पुलको शिल्यान्यास गरेका थिए । शिलान्यासपछि उत्साहित बनेको समितिले पुल निर्माणका लागि भन्दै ३३ लाख रुपैयाँ संकलन गरेको थियो । २०२८ सालमा तत्कालीन युवराज विरेन्द्र शाहको मेची अञ्चल अवलोकन भमणका क्रममा उक्त रकममध्ये २३ लाख रुपैयाँ बुझाइएको थिायो ।
पुल निर्माणका लागि संकलन गरिएको रकम युवराजलाई बुझाइएपछि विवाद सिर्जना भएको थियो । २०४१ मा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पुनः पुलको शिल्यान्यास गरेका थिए । त्यसबेला पुल निर्माणका लागि ८ करोडको लागत स्टमेट गरिएको थियो । नेपाल राष्ट्र बैंकबाट २ करोड ऋण लिने र ३ करोड नगरपालिकाको आन्तरिक स्रोतबाट जुटाउने र ३ करोड रुपैयाँ सरकारले उपलब्ध गराउने सहमति भएको थियो । तर, लगत्तै चन्द प्रधानमन्त्रीबाट हटेपछि पुल निर्माणको प्रक्रिया फेरि लम्बियो । चन्दपछि प्रधानमन्त्री बनेका मरिचमान सिंहले २ करोड उपलब्घ गराउन नचाहेको कारणले पुल निर्माणको काम रोकिन पुगेको थियो ।
साढे ६ दशकदेखिको निरन्तर प्रयासबाट नेपाल–भारत जोड्ने मेची खोलामा पुल बनेको छ । कयौँ पटकको शिलान्यास र विभिन्न कालखण्डको राजनीतिक खिचातानी खेपेको मेची पुलले सार्थकता पाएको छ । पुल निर्माणसँगै नेपाल–भारत जोड्ने पुरानो नाका भद्रपुर गलगलिया पुनः ब्यूँतिनेमा स्थानीयबासी आशावादी छन् । मेची पुलको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि सञ्चालनको विधि तयार नहुँदा पुल पूर्ण सञ्चालनमा आउन सकेको छैन । मेची पुल र हुलाकी राजमार्ग सञ्चालनमा आएपछि भद्रपुर बौरन्छ तर जग्गा टुक्रा गरेर नबेच्दा शहरीकरण हुन सक्दैन । अन्य बजारजस्तो तीव्र रुपमा शहरीकरण हुन नसक्दा विकासमा भद्रपुरपछि परेको छ ।
भद्रपुरलाई पुरानै अवस्थामा फर्काउन अब समस्या छैन । मेची पुल निर्माण भइसकेको छ, हुलाकी राजमार्ग बन्ने काम पनि धमाधम भइरहेको छ, यी दुई योजनाले भद्रपुरकको विकासका दिन सुरु भएको देखिन्छ । अब भद्रपुर फेरि ४० वर्षअघिको जस्तो अवस्थामा फर्कने बताउँदै भद्रपुर नगरपालिकाका पूर्व नगरप्रमुख भारतेन्दुकुमार मल्लिक भन्छन्, ‘भद्रपुरलाई पुनर्ताजकी दिन राजनीतिक नेतृत्वको सक्रियता भने आवश्यक छ ।’
व्यापारीको आकर्षण घटे पनि औद्योगिक हिसाबले भद्रपुर अगाडि रहेको छ । दुई ठूला चामल उद्योग, दाना उद्योग, एक दर्जनभन्दा बढी चिया उद्योग, प्लाई उद्योग, ग्यास प्लान्ट उद्योग, सिमेन्ट उद्योग एक दशक अघिदेखि सञ्चालनमा रहेका छन् । भद्रपुर उद्योगीको शहर हो, व्यापारीक दृष्टिकोणले ओझलमा परे पनि औद्यौगिक रुपले भद्रपुर अगाडि छ । यो शहरको मुहार फेनेर् मेची पुल र हुलाकी मार्ग प्रमुख मेरुदण्ड हुन् । पुल र हुलाकी मार्ग जति सक्दो छिटो सञ्चालन हुन्छ, त्यसपछि यहाँको विकासले गति लिन कति पनि समय लाग्दैन ।
भद्रपुममा विकासका सबै पूर्वाधार छन् । जिल्लाका सबै प्रसाशनिक कार्यालयहरु छन् । नगरभित्र एयरपोर्ट, रंगशाला, चिया उद्योग, सिमेन्ट उद्योग, अञ्चल अस्पताल, मेची बहुमुखी क्याम्पस छन् । तर, भद्रपुरले विगतबाटै प्रभावकारी नेतृत्व नपाउँदा विकासमा पछि परेको छ । निर्णय गनेर् तर कार्यान्वयनमा तदारुपता नदेखाउने प्रवृतिले भद्रपुरपछि परेको आमबुझाइ छ । मेचीखबर साप्ताहिकबाट