२०८१ पौष ७, आइतवार , १२:०२:५१ बजे

Sajhamanch
'

कोरोनाको सङ्क्रमण १ सय १९ देशमा

बुधवार, फागुन २८, २०७६

काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण एक सय १९ देशमा पुगेको छ ।

अहिलेसम्म एक लाख १९ हजार दुई सय २० जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार दुई सय ९९ पुगेको छ ।

कोरोनाबाट सबैभन्दा धेरै चीनमा तीन हजार एक सय ५८ जनाले ज्यान गएको छ । पछिल्लो २४ घण्टामा चीनमा २२ जनाको ज्यान गएको छ । ८० हजार सात सय ७८ जनामा सङ्क्रमण देखिएकोमा ६१ हजार चार सय ८९ उपचारपछि घर फर्किएका छन् । अझै १६ हजारभन्दा धेरैमा सङ्क्रमण यथावत छ ।

चीनपछि सबैभन्दा धेरै इटलीमा ६ सय ३१ जनाको ज्यान गएको छ । इटलीमा १० हजार एक सय ४९ जनामा सङ्क्रमण देखिएकोमा एक हजार बढी उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको सङ्क्रमण बढेपछि इटलीमा देशभरिको नाका बन्द गरिएको छ र मानिसहरुलाई आपत्कालिन अवस्थाबाहेक हिँडडुल नगर्न भनिएको छ ।

सङ्क्रमणबाट इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सय ९१ पुगेको छ । अझै पाँच हजार २० जनामा सङ्क्रमण छ । अहिलेसम्म आठ हजार ४२ जनामा सङ्क्रमण देखिएकोमा दुई हजार सात सय ३१ जना उपचारपछि घर फर्किएका छन् ।

त्यस्तै दक्षिण कोरियामा ६१ जनाको ज्यान गएको छ । गएको पछिल्लो २४ घण्टामा दुई सय ४२ जना नयाँ सङ्क्रमित देखिएपछि सङ्क्रमितको सङ्ख्या सात हजार सात सय ५५ जना पुगेको छ । दुई सय ८८ जना निको भएर घर फर्किएका छन् ।

फ्रान्समा ३३ जना, स्पेनमा ३६ जना र अमेरिकामा ३१ जनाको ज्यान गइसकेको छ । बेलायतमा स्वास्थ्य मन्त्री नदिना डोरीस पनि कोरोना भाइरसबाट सङ्क्रमित भएकी छिन् ।

दक्षिण एसियाको कुरा गर्दा भारतमा सङ्क्रमितको सङ्ख्या ६२ पुगेको छ । चीनमा कोरोनाको सङ्क्रमण घट्दै गए पनि अन्यत्र बढ्दै जाँदा चिन्ता बढ्दै गएको छ ।

उज्यालो

सम्बन्धित खबर