झापा । झापाको बिर्तामोडमा फागुन २४ गते शनिबारबाट झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याटमिन्टन प्रतियोगिता २०७६ सञ्चालन हुने भएकोछ । स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नारासहित जिल्लाका ४० बढी टिमलाई सहभागी गराएर प्रतियोगिता गर्न लागिएको हो ।
लायन्स क्लव अफ अनारमनीको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वान एरिया चिफ लीला चिमरियाले गर्ने कार्यक्रम रहेको आयोजक समितिका अध्यक्ष शैलेन्द्रकुमार कुरुङ्वाङ्गले जानकारी दिए ।
व्याटमिटन खेलाडी उत्पादन गर्ने, युवालाई दुव्र्यसनीबाट मुक्त राख्ने, व्याटमिटन खेलको प्रचार गर्ने उद्देश्यसहित प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सहकोषाध्यक्ष चित्रबहादुर पौडेलले जानकारी दिए ।
खुल्ला डबल र खल्ला भेट्रान गरी प्रतियोगिता दुई विधामा सञ्चालन हुनेछ । खुल्ला डवलका विजेताले नगद २० हजार, उपविजेताले नगद १५ हजार र तेस्रो हुने टिमले नगद पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै भेट्रान डवलका विजेताले नगद १५ हजार र उप विजेताले नगद १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिले जनाएको छ ।
फागुन २६ गते समापन हुने प्रतियोगिता डिस्ट्रिक गर्भरनर इन्द्र राजन खत्रीको प्रमुख आतिथ्यमा हुने बताइएको छ । प्रतियोगिता महानन्द चौकस्थित बिर्ता व्याटमिटन क्लबको कवर्डहलमा हुने आयोजक समितिले जनाएको छ ।