२०८१ असोज १, मङ्गलवार , ०१:२०:४२ बजे

Sajhamanch
'

सतासी सहकारीको वार्षिकोत्सवमा सम्मान र पुरस्कार

बुधवार, फागुन २१, २०७६

बिर्तामोड । सतासी बहुमुखी सहकारी संस्थाको २३औं स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा आज आफ्ना कर्मचारीहरुलाई सम्मान गर्नुका साथै एउटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरिएको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो ।

संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठका अनुसार वार्षिकोत्सव समारोहमा सहकारी पसलतर्फ टीका गुरुङ, बजार प्रतिनिधिमध्येबाट बुल्टी बरही, कर्मचारीमध्येबाट यादवप्रसाद घिमिरे र सुरुङा शाखा कार्यालयलाई यो वर्ष उत्कृष्ट ठहर गरी जनही नगद ६ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

संस्थाले उत्कृष्ट बचतकर्ताका रुपमा १० जना र उत्कृष्ट ऋणीका रुपमा ६ जनालाई समेत सम्मान गरिएको छ । विगत वर्षमा जस्तै डोनेशन बक्समा जम्मा भएको रकममा संस्थाबाट थपगरी २१ हजार २५ रुपैयाँ पाथिभरा विकास क्षेत्रलाई प्रदान गरेको व्यवस्थापक श्रेष्ठले जानकारी दिएका छन् ।

वार्षिकोत्सवमा प्रमुख अतिथि उप्रेती, महिला उद्यमी संघ झापाका अध्यक्ष गोमा भट्टराई र बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल लगायतले आ–आफ्ना धारणा राखेका थिए । संस्थाको सञ्चालक समितिका सदस्य ध्रुब कनालले मन्तव्यद्वारा स्वागत गरेएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।

सम्बन्धित खबर