२०८१ साउन ११, शुक्रवार , ०४:४३:४८ बजे

Sajhamanch
'

सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो

बुधवार, फागुन २१, २०७६

काठमाडौं । केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो।

यो अहिलेसम्म कै उच्च मूल्य हो। यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यो रेकर्डलाई पनि तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो।

अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित खबर