२०८१ माघ ७, सोमवार , ०९:५७:५१ बजे

Sajhamanch
'

संविधानसभा सदस्य घिमिरेको गाडीको ठक्करबाट मृत्यु

मङ्गलवार, फागुन २०, २०७६

झापा । झापा किसान विद्रोहका योद्धा, २०७० सालको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. १ बाट निर्वाचित सदस्य धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत अवस्थामा भेटिएका छन् । मेचीनगर नगरपालिका वडा नं. १३ दुहागढीमा स्थायी घर भएका घिमिरे शुक्रबार दिउँसो दाह्री काट्न भनी घर नजिकैको चारआली बजार निस्किएकोमा त्यसपछि सम्पर्कविहीन थिए ।

सोही साँझ बुद्धशान्ति गाउँपालिका अन्तरगत सात नम्बर चोक आसपास लगाइएको पुराणमा घिमिरेलाई देखिएको स्थानीयले बताए पछि परिवारजन खोजीका लागि त्यहाँ पुगेको मृतक घिमिरेकी भाइ बुहारी मेनुकाले साझामञ्चलाई जानकारी दिइन् । राति अबेरसम्म भजन कीर्तन सुनिरहेका उनलाई चारआलीतर्फ नै घर बताउने एउटा युवाले मोटरसाइकलमा हालेर घर पुर्यादिन्छु भन्दै लगेको आफूहरुले जानकारी पाएको पनि मेनुकाले बताइन् ।

१८ गते आइतबार साँझ साढे ७ बजे फोटो खिचेर ८ बजेर ११ मिनेटमा सकिल रसाइली नाम गरेका फेसबुक प्रयोगकर्ताले घिमिरेको फोटो अपलोड गरी नक्सलबारीमा भेटेको र आफन्तहरुलाई आफ्नो मान्छे चिन्नको लागि अपील गरेको भेटिएको थियो । सोही आधारमा परिवारजनले भारतीय भूमिमा नै पुगेको अड्कल काटेर प्रहरीलाई सोबारेमा जानकारी दिएका थिए ।

१८ गते आइतबार साँझ साढे ७ बजे फोटो खिचेर ८ बजेर ११ मिनेटमा सकिल रसाइली नाम गरेका फेसबुक प्रयोगकर्ताले घिमिरेको फोटो अपलोड गरी नक्सलबारीमा भेटेको जानकारी दिएका थिए ।

विगत आठ वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेका उनी वेपत्ता भएपछि परिवारले प्रहरी कार्यालयमा जानकारी गराएको थियो । सोही अनुसार खोजीनीति गरिरहेको प्रहरीले आज बिहान उनलाई बागडोग्रामा मृत फेला परेको जानकारी गराएको हो ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलका अनुसार मृतकका भाइ नरेन्द्रले शव पहिचान गरेपछि वास्तविकता खुलेको हो । उनका अनुसार आज बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा घिमिरेलाई मृतअवस्थामा भारतीय प्रहरीले फेला पारेको थियो । उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको छ ।

विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट निर्वाचित भएका थिए । उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उनी पनि एक थिए ।

भारतीय प्रहरीले उनलाई एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेपछि घटनास्थलमै मृत्यु भएको जानकारी दिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।

मृतक घिमिरे सुखानीका शहीद नेत्रका सहोदर जेठा दाजु हुन् । उनका माइला भाइ, तत्कालीन गरामनी गाविसका अध्यक्ष देवी घिमिरेको गतवर्ष मात्रै निधन भएको थियो ।

सम्बन्धित खबर