२०८१ मंसिर २७, बिहिवार , ०५:४४:४२ बजे

Sajhamanch
'

नेपालमा श्रम इजाजत लिनेमा ७० प्रतिशत चिनियाँ

शनिवार, फागुन १७, २०७६

काठमाडौं । नेपालमा श्रमस्वीकृति लिएर काम गर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक रहेका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभागका अनुसार चालू आवको पहिलो ६ महिनाको अवधिमा ६२६ विदेशी नागरिकले नयाँ श्रम इजाजत लिएका छन् भने ५७१ जनाले श्रम इजाजत नवीकरण गराएका छन् ।  जसको झण्डै ७० प्रतिशत निचियाँ नागरिक रहेको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम इजाजत र श्रम इजाजत नवीकरण गरेका १ हजार १९७ जनामध्ये १९३ महिला छन् । सो अवधिमा नयाँ श्रम इजाजत लिने महिलाको संख्या ९९ छ भने इजाजत नवीकरण गर्ने महिलाको संख्या ९४ रहेको विभागले जनाएको छ । नेपालमा काम गर्ने भारतीय नागरिकको संख्या निकै ठूलो भएपनि सबै भारतीयले श्रम इजाजत लिने नगरेको समाचारमा उल्लेख छ ।

गोरखा पत्रबाट ।

सम्बन्धित खबर