२०८१ पौष ७, आइतवार , ०१:४०:५२ बजे

Sajhamanch
'

कोरोना भाइरसको अति उच्च जोखिममा नेपाल, भित्रिँदैन भनेर ढुक्क नबस्नू

शनिवार, फागुन १७, २०७६

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले नेपाललाई कोरोना भाइरस ९कोभिड–१९० को अति उच्च जोखिमको सूचीमा राखेको छ ।

डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो ।

डब्लूएचओले दक्षिण एसियाको भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

यो भन्दा अघि डब्लूएचओले चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमणको दृष्टिले उचच जोखिममा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सूचीकृत गरेको हो ।

राजधानी दैनिकबाट ।

सम्बन्धित खबर