२०८३ वैशाख २२ मङ्गलवार , ०९:३५:३४ बजे

Sajhamanch
'

शिवरात्रीको अवसरमा भगवान दुर्गाको मूर्ति प्राण प्रतिष्ठान

शुक्रवार, फागुन ९, २०७६

भद्रपुर । भद्रपुर १० स्थित केन्द्रमोडमा रहेको माता उपसना समिति परिसरमा शिवरात्रीको अवसर पारेर दुर्गा माता देवीको मूर्ति प्राण प्रतिष्ठान गरिएको छ ।

समितिका अध्यक्ष मणिराम न्यौपानेको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा मूर्ति प्रतिष्ठापन गरिएको हो ।

समितिका उपाध्यक्ष पुरूषोत्तम अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, समाजसेवी दुर्गाप्रसाद भट्टराई, चुडामणि मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए भने उपसना समितिका दाता पुरूषोत्तम अधिकारीलाई सिक्किन पूर्वोत्तर धामले पठाएको सम्मान पत्र हस्तान्तरण समेत गरिएको थियो ।

सम्बन्धित खबर