शिवसताक्षी । मच्छिन्द्र फुटबल क्बल काठमाण्डौ तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा नेपाल आर्मी क्लबलाई २–० गोल अन्तरले हराउँदै लिग विजेता मच्छिद्र फाइनलमा प्रवेश गरेको हो । मच्छिद्र फुटबल क्लब थ्रि स्टारसँग फाइनल खेलको सामना गर्ने पक्का भएको छ ।
खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै, खेलको ७४ औँ मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोल किप्परबाट फुस्किएको गोल विकास खवासले बचाउन खोज्दा अन गोल भएको थियो ।
यसअघि खेलको छैटौँ मिनेटमा मच्छिन्द्रका विमल घर्ती मगरको २५ यार्ड टाढाको प्रहार आर्मीका गोल किप्पर विवश चौधरीले पञ्च गरेर बचाएका थिए । खेलको २४ औँ मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेले आर्मीका चारजना डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि चौधरीले पञ्च गरेर बचाए । २६ औँ मिनेटमा पिटर सेगुनको प्रहार बार नजिकैबाट बाहिरियो । ३१ औँ मिनेटमा बिमल घर्ती मगरको प्रहार विफल भयो ।
खेलको ५७ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोल किप्पर अधिकारीले पञ्च गरेर बचाए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
प्रतियोगिता शिवसताक्षी स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा भएको थियो ।