२०८१ पौष १०, बुधवार , ०७:०४:०२ बजे

Sajhamanch
'

झापाका १३ साना किसान कृषि सहकारीलाई साना किसान विकास बैंकको ट्याब्लेट

सोमवार, फागुन ५, २०७६

बिर्तामोड । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड इलाका कार्यालय बिर्तामोडले आज संस्थामा आवद्ध साना किसान कृषि सहकारीहरुलाई ट्याब्लेट प्रदान गर्दै ओरियन्टेशन गरिएको छ ।

बिर्तामोड कार्यालय अन्तर्गत कारोबार गर्ने ५४ वटा संस्थामध्ये १३ वटा संस्थालाई २६ वटा ट्याब्लेट वितरण गरिएको हो । डिजिटाइजेसन अफ सफल्स एण्ड एक्सपान्सन अफ एक्सेज टु फाइनन्स परियोजना अन्तरगत सञ्चालित कार्यक्रममा सक्षम एसेज टु फाइनान्सको वित्तीय सहयोग र माग्नस कन्सल्टिङ ग्रुपको प्राविधिक सहयोग रहेको थियो ।

सो कार्यक्रमको सहजीकरण माग्नस कन्सल्टिङ ग्रुपका भुवन ढकालले गरेका थिए । तालिममा ढकालले ट्याब्लेटको प्रयोग कसरी गर्ने, महत्त्व के छ र यसको प्रयोग गरेबापत तिर्नुपर्ने सेवा सुविधाका बारेमा सहभागीलाई अवगत गराएका थिए ।

संस्थाका बिर्तामोड कार्यालयका प्रबन्धक सुभाष गौतमको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी रहेका थिए । सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि शिवाकोटीले साना किसान संस्थाको मार्फत धेरैको दैनिक जीवन परिवर्तन आउनुका साथै महिलाहरुलाई आत्मनिर्भर हुन मद्दत पुगेको जिकिर गरे ।शिवाकोटीले प्रविधि सँगसँगै सदस्यहरुलाई सक्षम बनाउने कार्यमा संस्थामा खेलेको भूमिकाको प्रशंसासमेत गरेका थिए ।

उक्त कार्यक्रममा बिर्तामोड कार्यालयका प्रबन्धक गौतमले कार्यक्रम आयोजना गर्नुका बारेमा प्रस्ट्याउनुका साथै बिर्तामोड कार्यालयको डिजिटल माध्यमबाट संक्षिप्त जानकारी प्रस्तुत गरेका थिए । संस्थाका वरिष्ठ सहायक इच्छाराम पोखरेलले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन अधिकृत योगराज दाहालले गरेका थिए ।