२०८१ चैत १९, मङ्गलवार , ०६:३५:२३ बजे

Sajhamanch
'

कर्फोकका विद्यार्थीलाई रोटरियनको न्यानो ज्याकेट

बिहिवार, फागुन १, २०७६

भद्रपुर । सामाजिक सेवामा क्रियाशील रोटरी क्लव अफ भद्रपुर र रोट्रयाक्ट क्लव अफ भद्रपुरले इलाम पुगेर विपन्न तथा शारीरिक रुपमा फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । रोटरियनले इलामको सूर्योदय नगरपालिका वडा नं १२ स्थित करफोक विद्या मन्दिरका विपन्न तथा शारीरिक रुपमा फरक क्षमता भएका १७ जना विद्यार्थीलाई जाडो छल्न ज्याकेट वितरण गरेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जहरसिंह राईको अध्यक्षतामा आयोजित एक समारोहका बीच विद्यार्थीलाई न्यानो कपडा ज्याकेटका साथै विद्यालयका लागि एकथान गिजर प्रदान गरिएको रोटरी क्लव अफ भद्रपुरका प्रेसिडेन्ट नोमिनी विगत ओझाले जानकारी दिएका छन् ।

क्लवका अध्यक्ष टिकाराज ढकाल, रोटरियन प्रकाशनाथ श्रेष्ठ र मेकअप बाई सुप्रियाले आफ्नो तर्फबाट उपलब्ध गराएको ज्याकेट तथा गिजर वितरण गरिएको समारोहको सञ्चालन रोट्रयाक्ट क्लव अफ भद्रपुरका सचिव सुमित मण्डलले गरेका थिए । रोटरी भद्रपुरका पूर्व अध्यक्ष राजकुमार पोखरेल, कोषाध्यक्ष पवन श्रेष्ठ, रोट्रयाक्ट भद्रपुरका अध्यक्ष गिरिश शाक्य, रोट्रक्टर प्रतिक्षा लामिछानेलगायतको कार्यक्रममा उपस्थिति थियो ।

झापादेखि इलाम पुगेर त्यहाँका विपन्न विद्यार्थीलाई सहयोग गरेकोमा क्याम्पस सञ्चालक समितिका अध्यष रत्न ढुंगाना, वडाध्यक्ष डोलेन्द्र भारद्वाजलगातले रोटरी भद्रपुरको प्रशंसा गरेका थिए ।

सम्बन्धित खबर