२०८१ पौष ७, आइतवार , ०८:३०:४२ बजे

Sajhamanch
'

साहित्य संगीत कला केन्द्रले १० वटा समुदायलाई एउटै मञ्चमा उभ्यायो

शुक्रवार, माघ २४, २०७६

भद्रपुर । झापामा पहिलोपटक बहुभाषिक साहित्य संगीत कला केन्द्रले १० वटा समुदायलाई एउटै मञ्चमा उभ्याएर प्रथम साहित्य गोष्ठी गरेको छ ।

शुक्रवार चन्द्रगढीमा आयोजित गोष्ठीमा लोपोन्मूख जातिको सूचीमा रहेको किसान, सन्थाल, मुश्लिम, मारवाडी, बंगाली, थारु, धिमाल, गुरुङ, लिम्बू र नेपाली समुदायलाई एकै मञ्चमा उभ्याएर कार्यक्रम गरिएको हो ।

उनीहरुले आ–आफ्ना जातीय पोशाकमा सजिएर आफ्नै भाषामा राष्ट्रभक्तिले ओतप्रोत कविता बाचन गरेका थिए । कार्यक्रममा भीम किसानले ‘मलाई राम्रो लाग्छ किसान संस्कृति’ नामक कविता बाचन गरेर आफ्नै जातीय धर्म, भाषा, संस्कार र संस्कृतिको उजार गरेका थिए । गोष्ठीमा गणेश धिमाल, रमाकान्त चौधरी, शान्ता टुडु, सत्यनारायण तायल, महम्मद अकबर अली, कल्पना दास, नकुल काजीलगायतले कविता बाचन गरेका थिए ।

केन्द्रका अध्यक्ष हरिप्रसाद पौडलेको अध्यक्षतामा भएको कार्यक्रममा सम्पूर्ण कविताको टिप्पणी साहित्यकार चूडामणि बशिष्ठले गरेका थिए । कार्यक्रममा आफ्नै भाषामा कविता भन्नु अघि सबैले नेपालीमै कविताको सार सुनाएका थिए ।

सम्बन्धित खबर