२०८१ असोज २, बुधवार , १२:३९:४५ बजे

Sajhamanch
'

सिम्रिकको ब्याग पाएपछि शुक्रराजका विद्यार्थी दंग

बुधवार, माघ २२, २०७६

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिका वडा नंं.८ मा अवस्थित शुक्रराज आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

उक्त विद्यालयमा अध्ययन गर्ने १४७ जना विद्यार्थीहरुलाई सिम्रिक साकोसले सामाजिक उत्तरदायित्व अन्र्तगत आज एक कार्यक्रमकाबीच स्कूल ब्याग प्रदान गरेको हो ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा भएको ब्याग वितरण कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं रहेकी थिइन् ।

सो कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईंले पछिल्लो समय सहकारी संस्थाले सामाजिक क्षेत्रमा विविध तवरले कार्य गरेकाले स्थानीय सरकारलाई समेत सामाजिक क्षेत्रमा काम गर्न बाध्य बनाएको जिकिर गरिन् ।

प्रसाईंले विद्यालयको तर्फबाट विद्यार्थीहरुलाई पनि समय अनुसारको शिक्षा र परिवर्तन गर्ने खालका शिक्षा दिनु जरुरी रहेको बताइन् ।

उक्त कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं.८ का कार्यवाहक अध्यक्ष दिपक भट्टराई  आफनो मन्तव्य राखेका थिए ।

साकोसका अध्यक्ष बस्नेतले संस्थाको परिचयसहित शैक्षिक साम्रगी वितरण गर्नुका औचित्य प्रष्ट्याएका थिए । साथै उनले सिम्रिक साकोसले सामाजिक,आर्थिक तथा स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएको बताए ।

विद्यालयका प्रधानाध्यापक कृष्ण सुवेदीले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुवास भट्टराईले गरेका थिए ।

सम्बन्धित खबर