२०८१ असोज ३, बिहिवार , ०५:४६:३९ बजे

Sajhamanch
'

संविधानको मर्म अनुसार अगाडि बढ्नुस्, मेरो पूर्ण सहयोग रहन्छः प्रधानमन्त्री ओली

मङ्गलवार, माघ १४, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटालाई संविधानको मर्म अनुसार अगाडि बढ्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखमा निर्वाचित भएकामा सापकोटालाई बधाई दिँदै उनले मन्तव्य राख्दै उनले संविधान, कानुन र विधिसम्मत अगाडि बढ्दा आफ्नो पूर्ण सहयोग रहने बचन दिए । सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले संसदले पूरा गर्नुपर्ने भूमिका प्रभावकारी ढंगले अगाडि बढाउन सक्नुस्, भने ।

सर्वसम्मत रुपमा चुनिनु निकै राम्रो लक्षण भन्दै उनले आगामी दिनमा यही भावमा संसद अगाडि बढाउनुपर्ने उनले बताए ।
इमेजखबर बाट

सम्बन्धित खबर