२०८१ असोज ३, बिहिवार , ०८:५६:०७ बजे

Sajhamanch
'

एनएमसी शिवसताक्षीलाई हाजिरीजवाफको उपाधि

शनिवार, माघ ११, २०७६

बिर्तामोड । एनएमसी कर्मचारी हाजिरीजवाफ प्रतियोगिताको उपाधि शिवसताक्षी क्षेत्रीय कार्यालयले हात पारेको छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोडमा सम्पन्न प्रतियोगितामा अर्जुनधारा क्षेत्रीय कार्यालय दोस्रो र मेचीनगर क्षेत्रीय कार्यालय तेस्रो भयो ।

उपाधि जित्ने क्षेत्रीय कार्यालयसँगै दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने कार्यालयलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती,वित्तीय साक्षरता समिति संयोजक गोपाल प्याकुरेल,बिर्तामोड कार्यालयगत समिति संयोजक शान्ता रोक्का र वित्तीय साक्षरता समितिका सदस्यहरुले पुरस्कारसहित सम्मान गरेका थिए ।

वित्तीय साक्षरता समितिका संयोजक गोपाल प्याकुरेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको उद्घाटन समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले आफना धारणा राखेका थिए ।

वित्तीय साक्षरता समितिका सदस्य कमल पाठकले हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्नुका उद्देश्यका बारेमा प्रष्ट पारेका थिए ।

बिर्तामोड कार्यालयगत समिति संयोजक शान्ता रोक्काले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधानले गरेका थिए ।

सम्बन्धित खबर