
काठमाडौं । चीनबाट आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । चीनको युहान प्रान्तबाट केही दिनअघि नेपाल आएका ती विद्यार्थीमा कोरोना भाइरस भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी चीनको युहान प्रान्तबाट फर्किएका विद्यार्थीमा कोरोना भाइरस भेटिएको जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले थ्रोडस्वाद (घाँटीबाट लिने पदार्थ)को नमुना हङकङ पठाइएको र उक्त रिपोर्ट पोजेटिभ आएको जानकारी दिदै सतर्कता अपनाउनुपर्ने बताए । गोरखापत्र दैनिकबाट ।